श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आम जनता पार्टीले तोक्यो मधेस प्रदेशका जिल्लामा अध्यक्ष, सचिव र इन्चार्ज (सूचीसहित)

मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्ज तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ ।

पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए ।
उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् । यसैगरी, बारा संयोजकमा उमेश कुश्वाहा, सचिवमा राजकिशोर साह र इन्चार्जमा अशोक लामा छन् । रौतहट संयोजक धर्मेन्द्र पटेल, सचिव पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह तोकिएका छन् ।

सर्लाही संयोजकमा तुल्सीप्रसाद हुमागाईं, सचिवमा नविन साह र इन्चार्ज रिता देवी, महोत्तरी संयोजकमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्याम साह तोकिएका छन् ।

धनुषा संयोजकमा श्रीलाल महासेठ, सचिवमा बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठ, सिरहा संयोजकमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादव र सप्तरी संयोजकमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजादलाई तोकिएको अध्यक्ष साहले जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार