वैशाख ८, २०८१ शनिबार April 20, 2024

मधेस प्रदेशमा मुख्यमन्त्री यादवसँगै चार मन्त्रीद्वारा शपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिनुभएको थियो ।

मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीहरु नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

सत्ता गठबन्धन दल र दुई सदस्यदसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उहाँलाई ७२ सदस्यको समर्थन हुनेछ ।

शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया