श्रावण ३, २०८२ शनिबार July 19, 2025

वाग्मती गोल्डकपले नयाँ विजेता पाउँदै

जनता मावि खेल मैदानमा संकटा र विदेशी क्लब भुटनिज् युथ स्पोर्ट्सबीच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताले मंगलबार नयाँ विजेता प्राप्त गर्दै छ ।

वाग्मती गाउँपालिकास्थित जनता मावि खेल मैदानमा संकटा र विदेशी क्लब भुटनिज् युथ स्पोर्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । संकटा नेपालको ‘ए’ डिभिजन टोली हो भने भुटनिज् अमेरिकन क्लब हो ।

दस दिनको अन्तरमा यी दुई टोली उपाधिका लागि दोस्रो पटक भिड्न लागेका हुन् । पोखरामा भएको आहारारा गोल्डकपमा संकटा र भुटनिज्बीच नै फाइनलमा प्रतिस्पर्धा भएको थियो, जहाँ संकटाले उपाधिमा बाजी मारेको थियो । यस अर्थमा यस फाइनल अमेरिकन क्लबका लागि बदला लिने सबैभन्दा ठूलो अवसर हुनेछ । यो प्रतियोगितासँगै विदेशी क्लब स्वदेश फर्कंदै छ ।

दुवै क्लब यस प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका हुन् । त्यसकारण यस खेलको विजेताले प्रतियोगिताको नयाँ च्याम्पियन प्राप्त गर्नेछ । हालसम्म सिन्धुली, सरस्वती युथ, थ्रीस्टार र जावलाखेलले यो प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले विधागत रूपमा नगद प्राप्त गर्नेछन् ।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा संकटाले नेपाल एपीएफ क्लब र मकवानपुर–११ लाई तथा भुटनिज्ले हिमालयन शेर्पा र जावलाखेल युथ क्बललाई पराजित गरेका थिए । हालसम्म दुवै टोलीले गोल व्यहोरेका छैनन् ।

संकटाको पोस्ट टिकेन्द्र थापाले र भुटनिज्को पुजन थापा मगरले सम्हालिरहेका छन् । संकटा र भुटनिज्ले विपक्षीको पोस्टमा समान कुल ३–३ गोल गरेका छन् । दुवै टोलीमा अनुभवी र अग्ला कदका खेलाडी भएका कारण उपाधि जित्ने दाबी गरिरहेका छन् । दुवै क्लब एकअर्कामा परिचित भएका कारण प्रशिक्षकले सोहीअनुसारको रणनीति बनाएर मैदानमा प्रस्तुत हुनेछन् । दुवै टोली आक्रामक फुटबलमा विश्वास राख्छन् ।

संकटाका लागि सुनील बल, आयुष घलान, स्टेफन र मेसुकेले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भुटनिज्का फरवार्डद्वय हेक्टर, निगियोल र प्रवीण बस्नेतले दर्शकको मन जित्ने गरी खेलमा छाप छाडिरहेका छन् ।

लगातार विभिन्न प्रतियोगितामा सहभागी भएका कारण दुवै टोलीका खेलाडी मैदानमा थकित देखिन्छन् । खेलको अवस्था र अंकगणितलाई हेर्दा कुन टोलीले उपाधि जित्छ सहजै भन्न सकिन्न । यसका लागि रेफ्रीको अन्तिम इसारा कुर्नॅको विकल्प छैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार