श्रावण ३, २०८२ शनिबार July 19, 2025

आजदेखि टाइगर कप भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सुरु हुँदैछ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा टाइगर ग्रुप अफ पोखराले जनाएको छ।

माघ १४ गतेसम्म सञ्चालन हुने खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभागिता रहनेछ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख नगद, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुनेले नगद १ लाख २५ हजार प्राप्त गर्नेछन्। सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराले जानकारी दिएको छ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार