वैशाख ८, २०८१ शनिबार April 20, 2024

उपसभामुख इन्दिराले गरिन् दलीय आवद्धताबाट अलग भएको घोषणा

उपसभामुख पदको शपथ लिनु अगावै रास्वपा त्यागिन ईन्दिराले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आवद्धताबाट अलग भएको घोषणा गरेकी छन् ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र सांगठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन् ।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन् ।

उनले आजै उपसभामुख पदको शपथ लिँदै छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया