वैशाख ८, २०८१ शनिबार April 20, 2024

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताका लागि वार्ता हुँदै

दुवै पार्टीको डकुमेन्ट आदानप्रदान गरेर छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । यी दुई पार्टीबीच मंगलबार एकताका लागि वार्ता हुने भएको हो ।

वार्ताका लागि माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेको बताइएको छ । वार्ता टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै सकारात्मक परिणाम आउने श्रेष्ठले बताए । यसअघि शनिवार पनि वार्ता टोलीका नेताहरूको छलफल भएको थियो । छलफलमा दुवै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया