श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल टेलिकमको सेवा अवरुद्ध

छिन्चुदेखि सुर्खेतबीचको अप्टिकल लिंकमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुर्खेतमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । छिन्चुदेखि सुर्खेतबीचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुटमार्फत सञ्चालन हुने सेवा बिहीबार बिहानदेखि प्रभावित भएको टेलिकमले जनाएको छ ।

समस्या यथाशीघ्र समाधानका लागि प्राविधिक टिम फिल्डमा खटिएको कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको छ । समस्या समाधान गर्न केही समय लाग्ने भएकाले माइक्रोवेब लिंकमार्फत ल्यान्डलाइन एवं टुजी थ्रीजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

माइक्रोवेभ लिंकको सीमित क्षमताका कारण एफटीटीएच इन्टरनेट तथा फोरजी सेवा सञ्चालनमा आउन केही कठिनाइ भइरहेकाले यसबाट ग्राहक वर्गमा पर्न भएको असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ, कम्पनीको सूचनामा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार