श्रावण ४, २०८२ आइतबार July 20, 2025

प्रविधि दिवस वैशाख १९ गते मनाउने सरकारको तयारी

यस वर्ष ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ नारासहित सरकारले ‘आईसीटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ वैशाख १९ गते मनाउने भएको छ। यस वर्ष ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ नारासहित सरकारले ‘आईसीटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने सञ्चार तथा प्रविधि मन्त्रालयको साइबर सुरक्षा शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै भव्य रूपमा दिवस मनाउने निर्णय गरेको साइबर सुरक्षा शाखाका कम्प्युटर इन्जिनियर सरोज पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन गठन भएको प्रचार उपसमितिको वैशाख ४ गते बसेको बैठकले सबै मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकाय, प्रदेश तथा स्थानीय तहको वेबसाइटको होमपेजमा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भव्यतासाथ मनाऔँ’ भन्ने सन्देश वैशाख १७ देखि १९ गतेसम्म प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। प्रचार उपसमितिले सबैलाई सञ्चार प्रविधि दिवसका दिन सामाजिक सञ्जालमा ह्यास ट्याग (#NationalICTDAY2023, #NepaliCTDAY2023) प्रयोग गर्न आग्रह गरेको छ।

दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आईसीटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ।

सालिन्दा मे २ मा नेपालमा सरकार र निजी क्षेत्रबाट सञ्चार तथा सूचना प्रविधि दिवस ‘आईसीटी डे’ मनाइँदै आइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार