श्रावण ३, २०८२ शनिबार July 19, 2025

काठमाण्डाैं प्रसासनले दिएको पँहेलो रंगको पास खारेज, अतिआवश्यकलाइ निलो पास पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमहामारी कोभिड-१९ कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन हुँदा अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले जारी गरेका सबै सवारी पास आज (शुक्रबार) देखि खारेज भएका छन्।

यसअघि अत्यावश्यक सेवाका सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालयले पहेँलो रंगको पास उपलब्ध गराएको थियो। जिल्ला प्रशासन कार्यालयले सवारी पास सम्बन्धी केही फरक व्यवस्था गरेको छ।

शुक्रबार साँझ जारी गरिएको सूचनाअनुसार अब कतिपय अत्यावश्यक सेवाका सवारीका लागि पास आवश्यक पर्ने छैन भने पास आवश्यक पर्ने सवारी साधनलाई निलो रंगको पास उपलब्ध गराइने छ।

प्रसासनको सूचनाअनुसार एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशंपक्षी जन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सवारी साधनलाई पास आवश्यक पर्ने छैन।

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ–आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्न सकिनेछ। सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नतोकिएकाको हकमा काठमाडौं जिलल प्रशासन कार्यालयले पास उपलब्ध गराउने छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार यसअघि जारी ई पास तथा पहेँलो पास खारेज गरिएको छ भने शुक्रबारदेखि निलो पास जारी गरिएको छ। सवारी पास बिना कसैलाई पनि काठमाण्डौं छिर्न नदिने र पैदल यात्रुलाई पनि काठमाडौं प्रवेश गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मान बहादुर बुढाद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बाहनामा मानिसहरुको अनावशयक भिड बढिरहेको भन्दै त्यसरी भिड गरेको पाइए प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्नेसमेत जनाइएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार