श्रावण ३, २०८२ शनिबार July 19, 2025

अव्यवस्थित क्वारेन्टाइनकै कारण संक्रमण झन् फैलिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् ।

सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम वाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले स्कुल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगत/सामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताए । ‘केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्थासमेत छैन,’ उनले भने, ‘स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको छ ।’

स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले पनि क्वारेन्टाइनमा उच्च जोखिम भएकाहरूको पीसीआर परीक्षण गर्दा अत्यधिक पोजिटिभ देखिएको बताए । मन्त्रालयले पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई लक्ष्य गरी पीसीआर परीक्षण बढाएको छ । विज्ञहरूका अनुसार पहिलो पटक चीनबाट विद्यार्थी ल्याउँदा सरकारले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थियो । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार