श्रावण ३, २०८२ शनिबार July 19, 2025

अमेरिकी दूतावासले भोलि आइतबार ३ सय २० जनालाई अमेरिका उडाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना लागेर अमेरिकामा ९७ हजार ६ सय ४७ मानिसले ज्यान गुमाइसक्दा पनि नेपालबाट अमेरिका जानेको ताँती रोकिएको छैन । अचम्म के छ भने, कोरोना संक्रमणबाट विशेषतः बृद्ध-बृद्धा बढी प्रभावित हुने तथ्यांक छ । तर, नेपालबाट ५०-६० नाघेका मानिसहरु अमेरिका जाने थुप्रै छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासको आग्रहमा प्रेसिडेन्ट ट्राभलले भोलि आइतबार ३ सय २० जनालाई अमेरिका उडाउँदैछ । त्यस्तो उडान गर्नुपूर्व भीसा लागेर काठमाडौंमै अड्किरहेका यात्रुका नाममा ट्राभलले सूचना जारी गर्यो, ‘जान चाहनेले ईफर्ममार्फत सूचित गराउनुहोला’ भनेर । यसक्रममा हजारौँ नेपालीले त्यस्तो फर्म भरे ।

कतिपय यात्रु अमेरिकी दूतावासमार्फत जहाज आउने र लैजाने कुरा चाल पाएर ताँती लागे । त्यसपछि दूतावासले प्राथमिकता क्रम तोकेर मापदण्ड बनायो । मापदण्डअनुसार, पहिलो प्राथमिकतामा अमेरिकी नागरिक, दोस्रोमा त्यहाँको आप्रवासन सुविधा (ग्रीनकार्ड) प्राप्त व्यक्ति र तेस्रोमा मात्र भिसा लागेका आमनागरिक परेका छन् । यस्तो गर्दा पनि अमेरिकी नागरिक र ग्रीन कार्ड पाएका मानिसको संख्या ३ सय २० पुगेन । त्यसपछि पालो आयो, भिसा लागेका आम नागरिकको । संकटको बेला आयआर्जन गर्न नखोज्ने त को होलान् र ?

कल्पना ढकाल नामकी यात्रु आफूलाई ट्राभलले आश्वासन दिएर पनि अमेरिका उडाउन नचाहेको भन्दै दूतावासमा उजुर गर्न पुगिन् । दूतावासले भन्यो, ‘तपाईं प्रशासनिक समाधान खोज्नुस् ।’ ढकाल पुगिन्, प्रहरी हेडक्वार्टरमा । हेडक्वार्टरले प्रेसिडेन्ट ट्राभलकी एकजना टिकट अफिसरलाई सोध्यो । जवाफ दिइन्, ‘हामीले एयरक्राफ्ट मात्र व्यवस्थापन गरेका हौँ, को-को लैजानेचाहिँ दूतावासले टुंगो लगाउने हो ।’

अर्थात्, ढकाल परिवारका दुई यात्रु दूतावासको प्राथमिकतामा परेनन् । किनभने, उनीहरु न अमेरिकी नागरिक, न आप्रवासन सुविधाप्राप्त नै हुन् । अमेरिका उड्नुको कारण हो, छोराछोरीको बोलाहट ।  तर, ढकाल परिवारजस्तै अर्का एकजना पीडितले जनआस्थालाई सुनाए, ‘दूतावासलाई चाहिएको सीटबाट बाँकी रहेको सीटमा अरु यात्रु लगिँदैछ । त्यसरी लगिने यात्रुसँग जहाज भाडाका नाममा दोब्बर रकम लिइएको छ । दोब्बर रकम दिन नचाहनेको नाम दूतावासबाट काटियो भन्दै ट्राभल पन्छिने काम गर्दैैैछ ।’

ती पीडितका अनुसार, फर्म भरेर पनि जान नपाएका पीडितहरु जिल्ला प्रशासनमा उजुर गर्न पुगे तर मूलगेटबाटै फर्काइयो । भनियो, ‘कर्मचारीहरु कोही हुनुुहुन्न, पासबाहेक अरु कुनै काम लिएर नआउनु होला ।’‘हामीसँग उजुर गर्ने र छानवीन गरियोस् भन्ने ठाउँ पनि भएन’, ती पीडितले सुनाए । यसबारे बुझ्न जनआस्थाले प्रेसिडेन्ट ट्राभलसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् । जनआस्थाबाट साभार ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार