काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई नेताहरुको घरघरमा गएर नक्सा पुर्याउँदै हिँड्ने कार्य तत्काल छोड्न आग्रह गरेका छन् ।
अध्यक्ष थापाले आईतबार ट्विटरमार्फत मन्त्री अर्याललाई सस्तो लोकप्रियतावादी कामको संज्ञा दिदै उनले तत्काल यो काम छोड्न समेत आग्रह गरेका छन् ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर यही जेठ ७ गते अद्यावधिक गरेको नेपालको नयाँ नक्सा सार्वजनिक गरे पश्चात भूमीमन्त्री अर्यालले शीर्ष नेताहरुलाई भेटेर बुझाईरहेकी छिन् ।
अध्यक्ष ‘थापाले ट्विटमा लेखेका छन्,’नेताहरुको घर-घरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस् । सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् । काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् भनी प्रधानमन्त्रीलाइ समेत मेन्सन गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया