श्रावण ३, २०८२ शनिबार July 19, 2025

भारतीयद्धारा सर्लाहीको सिमा क्षेत्र पकडीमा सशस्त्रमाथी आक्रमणको प्रयास, हवाइ फायरपछि तितरवितर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज बिहान ६ बजेको समयमा विष्णु गाउँपालिका-५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको हो ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन् । जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाईफायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले आफूहरुमाथि दुव्यवहार भएको भन्दै गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए ।

झण्डै ४० जनाको समूहमा आएका उनीहरुले बिओपीमा आक्रमणको प्रयाससहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी जनाएको छ । आज बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए ।

सर्लाही जिल्लामा मात्र १६ वटा बोर्डर आउट पोष्ट (बिओपी) रहेका छन् । जसमध्य बिष्णु गाँउपालिकामा मात्र ३ वटा बोर्डर आउट पोष्ट (बिओपी) रहेका छन् । कोरोना भाइरसको महामारीको कारण भारतसँग सिमाना जोडिएका खुला सिमामा प्रहरी तैनाथी बढेसँगै भारतीय तस्करहरूले नेपाल छिर्न प्रहरीमाथी आक्रमणको प्रयास जारी राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार