श्रावण ३, २०८२ शनिबार July 19, 2025

पूर्वमन्त्री राजदुत भेट्न लैनचाैरमा पुगेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर गत आइतबार साँझ ७ बजे बाँस्कोटा भारतीय राजदूत क्वात्रासँग गर्न लैनचौरस्थित दूतावासमा पुगेका हुन् । बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतले दाबी गरेको छ। बाँस्कोटा आफैँले क्वात्रासँग भेटको स्वीकार गरेका छन्।

‘सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने हाम्रो नीति नै हो। त्यसैले भेट गर्ने र छलफल गर्ने विषयलाई अस्वभाविक रुपमा लिनु हुँदैन,’ बाँस्कोटाले भने, ‘भेटेको विषयलाई अस्वभाविक लिने हो भने वार्ता हुँदैन, त्यसो हुँदा बन्दुक तेर्साउनु पर्छ त्यो क्षमता हामीसँग छैन।’

भारतीय राजदूतलाई सुरुमा बाँस्कोटाले दूतावास बाहिर कुनै ठाउँमा भेट्न आग्रह गरेको बुझिएको छ। तर भारतीय राजदूतले दूतावास बाहिर नभेट्ने बताएपछि बाँस्कोटा आफैँ दूतावास पुगेका थिए।

पछिल्लो समय नेपाल र भारबीचको सम्बन्ध चिसिएको छ। स्रोतका अनुसार भारतसँग बिग्रिएको पछिल्लो सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्री ओलीले आफ्ना दूत खटाएका छन्। ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको वातावरण बनाउन पनि पहल गरिरहेका छन्।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने तयारी अघिल्लो साता भारतीय पक्षले अस्वीकार गरेपछि ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन्।-इजेन वानन्युजबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार