जेठ ८, २०८१ मंगलबार May 21, 2024

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ ।

नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ ।

समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार