श्रावण ३, २०८२ शनिबार July 19, 2025

८ सय ७३ वटा फर्म कारबाहीमा, ३ करोड ३८ लाख जरिवाना

गलत कार्य गर्ने र अखाद्य तथा गुणस्तरहीन वस्तुहरू बिक्री वितरण गर्ने फर्महरूलाई कारबाही गरी जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बजारमा अखाद्य तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्ने तथा गैरकानुनी कार्य गर्ने ८ सय ७३ वटा फर्महरू कारबाहीमा परेका छन् ।

बजार अनुगमन गरी अखाद्य वस्तुहरू बिक्री वितरण गर्ने फर्म तथा संस्थाहरूलाई कारबाही गर्ने जिम्मेवारीमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत २०८० साल साउनदेखि २०८१ साल वैशाख ३ गतेसम्मको ९ महिनाको अवधिमा ८ सय ७३ वटा फर्महरू माथि कारबाही गरेको हो।

गलत कार्य गर्ने र अखाद्य तथा गुणस्तरहीन वस्तुहरू बिक्री वितरण गर्ने फर्महरूलाई कारबाही गरी जरिवाना गर्दा ३ करोड ३८ लाख रुपियाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।

यद्यपि, विभागले आफ्नो अनुगमनलाई अझै सशक्त पार्नुपर्ने सुझाव आम उपभोक्ता तथा सर्वसाधारणको रहेको छ। विभागका अनुसार सो अवधिमा विभागले ३६ सय ५३ वटा अनुगमन गरेको थियो। यसै गरी ७४ वटा फर्ममा छापा मारी अखाद्य तथा गुणस्तरहीन वस्तुहरू नष्ट गरिएको थियो। नष्ट गरिएका वस्तुहरू १ करोड १९ लाख ३७ हजार ९ सय ८१ मूल्य बराबर रहेका थिए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले विगतका वर्षहरूमा भन्दा अनुगमन गर्ने क्रम र कारबाहीको संख्या बढाइएको जानकारी दिनुभयो। विभागले आर्थिक वर्ष २०७९/८० मा ५४९ वटा फर्मलाई कारबाही गरेको थियो तर चालू आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म ८ महिनाको अवधिमा ८ सय ४२ वटा फर्महरू माथि कारबाही गरिएको थियो।

अघिल्लो एक वर्षको अवधिमा विभागले विभिन्न फर्महरूलाई १ करोड ५० लाखको जरिवाना गराएको थियो भने चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्रै ८ सय ७३ वटा फर्महरूलाई कारबाही गरी ३ करोड ३८ लाख जरिवाना गराउन विभाग सफल भएको थियो। विभागमा महानिर्देशकको रूपमा चिलुवाल आएपछि विभिन्न फर्महरूमा अनुगमन गरी कारबाही गर्ने क्रम बढेको विभागका कर्मचारीहरूको भनाइ छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार