वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

निर्मला पन्तको हत्यारालाई कारबाही नगरे कांग्र्रेस चुप लाग्दैन– देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले कारबाही नगरे नेपाली कांग्रेस चुप लागेर नबस्ने बताउनु भएको छ ।

देउवालेकञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा सरकारले दोषीलाई बचाउने प्रयास गरेको आरोप लगाउदै यस्तो चेतावनी दिनुभएको हो ।

घटना घटेको तीन महिना हुँदा पनि सरकारले दोषीलाई कारबाही नगरेको भन्दै सभापाति देउवाले सरकारको चर्को आलोचना समेत गर्नुभयो ।

नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आज शनिबार भएको कार्यक्रममा सभपाति देउवाले भन्नुभयो– ‘यतिका दिनसम्म किन हत्यारा पत्ता लागेन र किन कारबाही गरिएन यसको जवाफ अब सरकारले दिनै पर्दछ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका सभापतिदेउवाले नेपाल तरुण दललाई देशव्यापी रुपमा संगठन विस्तार गर्न निर्देशन समेत दिनुभयो ।कार्यक्रममा कांग्रेस नेताहरुले तरुण दललाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिएका थिए ।

तरुण दलका सभापति जीतजंग बस्नेतले पार्टीको निर्देशन अनुसार जनताको भलाइकालागि जस्तोसुकै जिम्मेवारी दिए पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । वि.सं २०१०सालमा बीपी कोइरालाले तरुण दल स्थापना गरेको सम्झनामा तरुण दलले स्थापना दिवस मनाएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार