श्रावण ४, २०८२ आइतबार July 20, 2025

पूर्वमुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव अशोक राई नेतृत्वको जसपामा प्रवेश

जसपाका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

राउतका स्वकीय सचिव दीपक जसपा नेपाल पर्साका सह–इन्चार्जसमेत थिए । उनलाई शुक्रबार जसपाका उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन्।

जसपाका उपमहासचिव मन्त्री यादव गृह जिल्लामा पछिल्लो समय जसपा नेपालका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन सक्रिय भएका छन्। पार्टी प्रवेश गराउँदै खानेपानीमन्त्री यादवले दीपकजस्ता कर्मठ र अनुभवी नेताको आगमनले जसपालाई थप बलियो बनाउने बताए।

जसपा नेपालका महासचिवसमेत रहेका पूर्वमुख्यमन्त्री राउतले एक वर्षअघि स्वकीय सचिवबाट हटाएपछि दीपक असन्तुष्ट बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार