श्रावण ४, २०८२ आइतबार July 20, 2025

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाटै पक्राउ

प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई नियन्त्रणमा लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २ गते। सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई पक्राउ गरेको हो। पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई पक्राउ गरेको हो ।

गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम दुरुपयोग गरेको आरोप लामिछानेमाथि लागेको हो। कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो।

कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार दिउँसो अनुमति दिएको हो।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहनुभएका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। उहाँ असोज ६ गते पक्राउ पर्नुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार