श्रावण ४, २०८२ आइतबार July 20, 2025

सरकारले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको रविको आरोप

रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको आरोप लगाउनु भएको छ ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत जादै गर्दा उहाँले भन्नुभयो यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ । ’

उहाँले भन्नुभयो ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो ।’

केपी ओली देशको प्रधानमन्त्री हुनु दूर्भाग्य भएको भन्दै उहाँले भन्नुभयो ‘यो सरकारका बिरुद्ध देशभरबाट उठ्नु पर्छ यो मेरालागी होईन देश जोगाउन हो ।’

उहाँले भन्नुभयो ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ । ’

आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको उहाँले बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया