श्रावण ४, २०८२ आइतबार July 20, 2025

पार्टी निर्णय विरुद्ध असहमति राख्ने बिन्दा पाण्डे र उषा किरणलाई स्पष्टिकरण सोध्ने निर्णय

पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरणलाई स्पष्टिकरण सोध्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विरुद्ध जाने र सार्वजनिक रुपमा असमति राख्ने नेताहरुलाई स्पष्टिकरण सोध्ने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकलले पार्टीका पूर्व उपाध्यक्ष भीम रावल, पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्मिसिनालाई स्पष्टिकरण सोधने निर्णय गरेको महासचिव शंकर पोख्रेलले बैठक पछि जानकारी दिनु भयो ।

पार्टी केन्द्रीय कार्यालयको भनव निर्माणमा व्यवसायीसँग सहयोग लिने विषयले आम पार्टी कार्यकर्ता नेताहरुको अपमान भएको भन्दै स्थायी समिति सदस्य विन्दा पाण्डेले सामाजिक संजाल फेबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया