काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको बताउनुभएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा सबै दलहरूसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले अध्यादेश ल्याउनु अनुपयुक्त हुने बताउनुभयो ।
उहाँले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन गर्न नसकेको जिकिर गर्दै राजावादीदेखि माओवादीसम्म अट्ने व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया