श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपा पर्साका नेता रमेश साह तेली अशोक राई नेतृत्वको जसपामा प्रवेश

उपेन्द्र यादवको दलले मधेश र मधेशी जनताको हितको रक्षा गर्न नसकेको नवप्रवेशी तेलीको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ कार्तिक । उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी, नेपालका पर्साको नेता रमेश साह तेली अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् । तेलीलाई जसपाका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गरेका हुन् । मन्त्री यादवले तेलीलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

उपेन्द्र यादवको दलले मधेश र मधेशी जनताको हितको रक्षा गर्न नसकेको नवप्रवेशी तेलीको आरोप छ । उपेन्द्रले स्वार्थको राजनीति गरेको र पदको लागि बारम्बार सम्झौता गर्ने गरेको पनि उनको आरोप छ। पार्टी परित्याग गरेपछि तेलीले जारी गरेको प्रेस नोटमा उपेन्द्र नेतृत्वको जसपा, नेपालले जनताको विश्वासलाई तोड्ने काम गरेको आरोप लगाईएको छ ।

यस्तो छ तेलीले जारी गरेको विज्ञप्ती

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया