श्रावण ४, २०८२ आइतबार July 20, 2025

सडकबाट विलाप नगर्न रास्वपालाई विश्वप्रकाशको सुझाव

अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको हसाई नगर्न सुझाव दिएका हुन्।

उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताएका छन्।

उनले भनेका छन्- कांग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं। अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं। स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !

रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´। तर प्रक्रिया शुरुभएपछि-राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ? अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन´ एक मित्रको अभिव्यक्ति सम्झन्छु । निस्चयनैलोभ र डर´ले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया