श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘सरकार विधिको शासनमा अगाडि बढ्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० कात्तिक : नेपाली कांग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिनुहुँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

कांग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताउनुभयो । विपक्षीले उठाएका कुरा कति सत्य छभन्ने समयक्रमले देखाउने उल्लेख गर्नुहुँदै उहाँले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताउनुभयो ।

शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णयअनुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ । संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रुपमा हुने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार