श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपा नेपाल झापाको अध्यक्षमा शत्रुधन चौधरी चयन

सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा छानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमक (झापा), १५ कात्तिकः जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन हुनुभएको छ ।
जसपा नेपाल झापा पुनर्गठित, अध्यक्षमा चौधरी — Harpraharnews.comसमितिको उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र सावित्रीकुमारी राजवंशी, सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा चयन हुनुभएको छ । पुनर्गठित समितिको सदस्यहरुमा लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया, जयनारायण राजवंशीलगायत रहनुभएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य धीरेन लावती, लोकसागर साम्बा, कोशी प्रदेश अध्यक्ष दीपक याक्खालगायतको सहभागिता रहेको थियो ।
भेलामा सहभागी वक्ताहरुले पहिचान र सङ्घीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सकेमात्र जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार