वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

किसुनजीको आदर्श जीवनबाट पाठ सिक्नुपर्छ ः वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उहाँले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भन्नुभयो ।“सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,”उहाँलेभन्नुभयो ।

नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै

प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएकोबताउनुभयो । किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर गर्ने नेता स्व भट्टराई भएको बताउनुभयो । “अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्तिकाङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्तिहुनुहुन्थ्यो,”उहाँले भन्नुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उहाँले बताउनुभयो । “किसुनजी कार्यकर्तालाई माया गर्नुहुन्थ्यो, पार्टीभित्र दुःख गरेका व्यक्तिलाई उचित पद दिनुहुन्थ्यो,” गिरीले भन्नुभयो । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले किसुनजीमा आर्थिक पारदर्शीता भएको

बताउनुभयो । “नैतीक मूल्य मान्यतामा किसुनजी बस्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । सांसदनरोत्तम वैद्यले बहुदल पुनस्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजी पार्टीको नीति विपरीत नजाने व्यक्तिभएको बताउनुभयो । “किसुनजी आफैँलाई धेरै पत्रकारिताको ज्ञान भएकाले पत्रकारको समस्यासजिलै बुझ्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारेखोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार