श्रावण ३, २०८२ शनिबार July 19, 2025

सरकार गठनको आधार सातबुँदे अनुसार काम भएन : डा. शेखर कोइराला

एमाले र कांग्रेसले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएपनि सरकारका गलत कामको आलोचना र खबरदारी गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारबाट देश पीडित भइसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी अभिव्यक्ति दिए पनि वास्तवमा अवस्था के छ भन्ने कुरा सबैलाई जानकारी रहेको कोइारालाको भनाइ छ ।

उदयपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा कोइरालाले देशको अवस्थाले चिन्तित बनाएको बताए । ‘भ्रष्टाचार र सुशासनले हामीहरू पीडित छौं, तपाईंहरू सबै पीडित हुनुहुन्छ, देश पीडित भइसक्यो,’ कोइरालाले भने, ‘भ्रष्टाचारका विषयमा पटकपटक प्रधानमन्त्रीजीले नभिरहनुभएको छ ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्नुभएको छ, तर कस्तो अवस्था छ भन्ने कुरा भनिरहनुपर्ने आवश्यकता छैन ।

देशको जुन अवस्था छ त्यो अवस्थाले भोलिको दिन कसरी जान्छ भन्ने कुरा अत्यन्त गम्भीर विषय बनेर गएको छ । चिन्ता लाग्छ कतै देश असफल राष्ट्रतिर त जाँदैन ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको आधार सातबुँदे अनुसार काम नभएको पनि डा. कोइरालाको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले नै सातबुँदेबारे संसद्मा आफ्ना विचारहरू राखिसक्नुभएको छ । त्यसमा संविधान सुधारका कुराहरू पनि छन् भन्नुभएको छ उहाँले । तर अहिलेको १०० दिनमा संविधान सुधारका कुनै पनि कुराहरू अगाडि बढ्न सकेको छैन,’ उनले भने ।

एमाले र कांग्रेसले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएपनि सरकारका गलत कामको आलोचना र खबरदारी गर्नुपर्ने डा. कोइरालाको भनाइ थियो । उनले जनतालाई पनि सरकारलाई खबरदारी गर्न र गलत गरेमा सच्याउँदै जाने बनाउन आह्वान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार