श्रावण ३, २०८२ शनिबार July 19, 2025

उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र जनसमुदायलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र जनसमुदायलाई आग्रह गरेको छ । आगामी मङ्सिर १६ गते स्थानीय तहका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुन लागेको छ । निर्वाचनमा पार्टीका तर्फबाट तय भएका उम्मेदवारलाई विजयी गराउने योजनासमेत तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आगामी मङ्सिर मसान्तसम्ममा पालिका सम्मेलन सम्पन्न गर्ने र खबरदारीसभा गर्ने निर्णय बैठकले गरेको छ । जनपरिचालनसहित गरिने खबरदारीसभाले सुशासनको पक्षमा दबाव दिने प्रवक्ता सापकोटाको भनाइ थियो । यसैगरी आगामी पुस २ गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने गरी आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

अग्रगमन र परिवर्तनको पक्षमा संविधान संशोधन हुनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिनुभयो । उहाँले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा पार्टीले जोड दिएको स्पष्ट पार्नुभयो । जनताबाट निर्वाचित भएर आउने सांसदहरु नीति निर्माणमा केन्द्रीत हुने र विषय विज्ञलाई मन्त्री बनाए मात्रै जनताले अपेक्षा गरे अनुसारको विकास र आर्थिक समृद्धि हुने माओवादी केन्द्रको ठहर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार