श्रावण ३, २०८२ शनिबार July 19, 2025

माओवादीलाई काठमाण्डौंमा झट्का : अध्यक्षसहित ११ जनाले त्यागे पार्टी

उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ ।

पार्टी परित्याग गर्नेहरूमा महेन्द्र कुमार श्रेष्ठ , अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गज बहादुर बराल, उत्तर कुमार श्रेष्ठ र सुन माया तामाङलगायत रहेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा देवेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेको र उनीहरूले श्रेष्ठलाई नै सहयोग गर्नेगरी पार्टी परित्याग गरेको बताइएको छ ।

m

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार