श्रावण ३, २०८२ शनिबार July 19, 2025

जसपा नेपालद्धारा बागमती प्रदेशअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन

तार्केश्वर, गोदावरी र चितवनको इच्छाकामना गाउँपालिकामा संगठन बिस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन्।

यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका रहेका छन्।

पालिकास्तरीय भेलाको आयोजना गरी गोकुल ठकुरीको अध्यक्षतामा तार्केश्वर नगर समिति पुनर्गठन भएको छ। त्यसैगरी पालिकामा आयोजित पुनर्गठन भेलाबाट सत्यराज लाखेको अध्यक्षतामा गोदावरी नगर समिति र विशाल रानाको अध्यक्षतामा २५ सदस्यीय इच्छाकामना गाउँ समिति पुनर्गठन गरिएको छ।

जसपा नेपालले केन्द्रीय नेताहरुलाई पालिकामा अभियन्ताको रुपमा खटाइ चार महिने संगठन निर्माण अभियान सञ्चालन गरिरहेको छ। सोहीअनुसार संगठनहरु गठन, पुनर्गठन भइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार