श्रावण ४, २०८२ आइतबार July 20, 2025

नावालिकालाई जबरजस्ती करणी गर्ने चार जना पक्राउ

नावालिकालाई मादक पदार्थ खुवाएर जबरजस्ती करणी गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । उदयपुको कटारी नगरपालिका वडा नं ४ गबुवामा शुक्रवार राती एक १४ वर्षीय नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कटारी इलाका प्रहरी कार्यालयले ४ जनालाई पक्राउ गरेको बुझिएको छ ।

यस घटनाका बारेमा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले अत्यन्त गरिब परिवारकी कटारी  ४ की एक नावालिकालाई मादक पदार्थ सेवन गराएर ४ जना युवाहरुले जबरजस्ती करणी गरेको भन्ने उजुरी शनिवार कार्यालयमा प्राप्त भएपछि आवश्यक अनुसन्धान पश्चात् जबरजस्ती करणी गर्ने युवाहरु पक्राउ गरिएको बताए ।

नावालिकालाई मादक पदार्थ खुवाएर जबरजस्ती करणी गरेर युवाहरु आ आफ्नोघर गएको र नावालिका पनि आफन्तकोमा बसेर विहान घर गएपछि घटनाका बारेमा अभिभावकलाई  जानकारी दिएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएको प्रनाउ बजगाईले बताए ।

प्रनाउ बजगाईका अनुसार साथीहरुको चिनाजानीको माध्यमबाट युवाहरुको सम्पर्कमा पुगेकी नावालिकाको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र आर्थिक प्रलोभनमा पारेर घटना भएको हुन सक्छ ।

सो घटनामा  संलगन भएको आरोपमा प्रहरीले कटारी ४ गबुवाबाट वर्ष २५ को सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँका वर्ष २० को नवीन श्रेष्ठ,वर्ष २० कै जीव्न तामाङ, र वर्ष १९ को तर नाम  नखुलाइएको अर्का एक युवा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका ४ जनालाई आइतबार उदयपुर जिल्ल अदालतबाट ७ दिनको म्याद लिएर  आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कटारीका  प्रमुख बजागाईले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया