काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने भएको छ ।
तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ । मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिश्रसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने भएको छ ।यस्तै राजावादी प्रदर्शनमा संलग्न भएको आरोप लागेका चारजना बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएको गरेको अनुसन्धान प्रतिवेदनका आधारमा चार बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको हो । उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरमा तोडफोडमा संलग्न ११ जनाविरुद्ध अपराधिक उपद्रवको कसुरमा वेग्लै मुद्दा दर्ता भएको छ ।गत १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया