श्रावण ४, २०८२ आइतबार July 20, 2025

राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान, जेठ १४ गते । गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

राप्ती राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान करिब ४ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।

पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । “सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको निर्माण व्यवसायीको जेसिबी ल्याएर पहिरो हटाउन सुरु गरिएको छ । सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न सुझाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार