श्रावण ४, २०८२ आइतबार July 20, 2025

गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान

१३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदीबन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा),१५ जेठ । गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदीबन्दी तथा थुनुवाले रक्तदान गरेका छन् ।

वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदीबन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताउनुभयो ।‘‘विभिन्न कारणले कैदी जीवन बिताइरहनुभएका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्वपूर्ण कार्य गर्नुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘कैदी जीवन बिताइरहेकाहरुलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’’

कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसूर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताउनुभयो ‘‘वीरगञ्जमा रगतको चर्काे अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौं,’’ उहाँले भन्नुभयो,‘‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’’ कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रुपक मण्डलले कारागारमा थनुवा तथा कैदीबन्दी गरेर करिव एकहजार ३००को हाराहारीमा रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार