काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ ।
नारायाणी नदीमा बाध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्धार गरिएको हो ।
उनीहरु नदीको बीच भागमा फसेको सूचना आएपछि सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।
नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया