श्रावण ४, २०८२ आइतबार July 20, 2025

पोखरापछि स्याङ्जा र पाल्पामा पनि राजन लम्सालको उम्मेदवारीलाई अभूतपूर्व समर्थन

अभूतपूर्व समर्थनलाई लायन लम्सालको आगामी विजयी यात्राको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १७ । लायन्स क्लब अन्तर्राष्ट्रियका भावी अन्तर्राष्ट्रिय डाइरेक्टर (ID) पदका उम्मेदवार लायन राजन लम्साललाई पोखरापछि स्याङ्जा र पाल्पाबाट पनि एकबद्ध समर्थन प्राप्त भएको छ। पश्चिम नेपालका विभिन्न जिल्लाका लायनहरूबाट आएको एकमत समर्थनले लम्सालको उम्मेदवारी अझ सुदृढ बनेको छ।

एक्काइसौँ शताब्दीका सचेत लायन सदस्यहरूले नेताको छनोट गर्दा योगदान र प्रेरणादायी क्षमतालाई मापदण्ड बनाउँछन् भन्ने सन्देश यस समर्थनबाट उजागर भएको छ।

लायन राजन लम्साल केवल पदका लागि होइन, बरु नेपाली लायन आन्दोलनको समग्र हितका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त प्रतिनिधित्व गर्न सक्षम व्यक्तित्वका रूपमा स्थापित भइरहेका छन्।

May be an image of 5 people and daisलम्सालले विगतमा क्लब, जिल्ला तथा मल्टिपल स्तरमा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आफ्नो नेतृत्व क्षमताको परिचय दिँदै आएका छन्। न्याय, समानता, संघर्ष र त्यागको प्रतीकका रूपमा चिनिने लम्सालले लायन नेतृत्वको मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै आएका छन्।

May be an image of 12 people, people smiling and textउनको उम्मेदवारीले नेपालभरिका लायन्सहरूबीच अद्भुत एकताको सन्देश प्रवाह गरेको छ। पश्चिमदेखि पूर्वसम्म फैलिएको यो समर्थन लायन्स आन्दोलनमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास गरिएको छ। यसै क्रममा स्याङ्जा र पाल्पाका लायनहरूबाट आएको “Unanimous” समर्थनले लम्सालको उम्मेदवारीलाई थप विश्वासिलो बनाएको छ।

May be an image of 14 peopleलम्सालले आफूप्रति समर्थन जनाउने सबै लायन साथीप्रति आभार प्रकट गर्दै, प्रतियोगी उम्मेदवारहरूप्रति पनि उच्च सम्मान प्रकट गरेका छन्। उनले लायन आन्दोलनलाई थप सशक्त बनाउने दृढ अठोट व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्ने विश्वास दिलाएका छन्।

May be an image of 12 people and textयस अभूतपूर्व समर्थनलाई लायन लम्सालको आगामी विजयी यात्राको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। नेपाली लायनहरूका साझा आकांक्षा बोकेका लम्सालले एकता, सेवा र नेतृत्वको समुच्चयमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

May be an image of 7 people, car, hospital and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार