काठमाण्डाैः नागढुङ्गा-नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएकाे हो ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
नागढुङ्गा-नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुशी-टोखा-छहरे-त्रिशूली -गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया