श्रावण ३, २०८२ शनिबार July 19, 2025

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तानसेन (पाल्पा), २६ जेठ : गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरुले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए ।

पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाले सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, उपल्लो कालीगण्डकी आयोजना जस्ता परियोजना अघि बढाउँदा तल्लो तटीय क्षेत्रमा जल सङ्कट निम्तिने र सम्पदा क्षेत्रको विनाश हुने भएकाले त्यसलाई जोगाउन प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

उनीहरुले कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको उल्लेख गर्दै गण्डकी सभ्यताको संरक्षणका लागि धार्मिक पर्यटन प्रवर्द्धन तथा नदीको पानीको तल्लो तटिय क्षेत्रमा उच्चतम सदुपयोगको योजनाअघि सार्नुपर्ने भनाइ राखे ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाएको उल्लेख गर्नुभयो । श्रेष्ठले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका जनता डाईभर्सन हुनुहुँदैन भन्ने पक्षमा रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, “कालीगण्डकी डाइभर्सनको विषय लुम्बिनी र गण्डकी प्रदेशको साझा सवाल हो केन्द्रमा बहस र छलफल आवश्यक छ ।”

कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक एवं पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालीगण्डकीलाई आमा मानेर बसेका स्थानीयको सहमतिविना कहीँ लैजान नमिल्ने बताउनुभयो । कालीगण्डकी गिट्टी बालुवा खोल्ने कुरामा अदालतले डाइभर्सन आयोजनाअघि बढाउन फैसला गरे पनि स्थानीय सरकारसँग समन्वय नगरिकन आयोजना अघि बढ्न नसक्ने उहाँको जिकिर छ ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले डाइभर्सन रोक्नका लागि कालीगण्डकी नदीको धार्मिक तथा सांस्कृतिक महिमा जागरण आवश्यक रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, “पहिलो अधिकार तटिय क्षेत्रको हो । त्यसैले जनगरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।”

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी डाइभर्सन योजनाअघि बढ्न नदिनका लागि तल्लो तटिय क्षेत्रका स्थानीयहरु जागरुक हुन आवश्यक रहेको बताउनुभयो । डाइभर्सनले कालीगण्डकी सभ्यतासँगै पारिस्थितिक पद्धतिमा असर पर्ने भएकाले यो चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कालीगण्डकीको महत्वलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले तल्लो तटिय क्षेत्रका पानीका स्रोतहरु कालीगण्डकी नदीमा निर्भर रहेको बताउँदै डाइभर्सन रोक्नुपर्ने बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले डाइभर्सनले लाखौँ श्रद्धालुको आस्थाको केन्द्र देवघाटलगायत धार्मिकस्थलका सन्त महन्तहरु चिन्तित रहेको बताउनुभयो । बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले कालीगण्डकी डाइभर्सनको विरुद्धमा एक्यबद्धता जनाउँदै आएको र कालीगण्डकी सभ्यताका लागि अन्तिमसम्म लड्ने धारणा राख्नुभयो ।

कालीगण्डकी डाइभर्सनको चर्चा २०६४ सालमै चले विसं २०७१ को नीति तथा कार्यक्रममा समावेश भएपछि चौतर्फी आलोचना भएको हो । विसं २०७८ मा डाइभर्सन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । उक्त रिट सर्वोच्चले खारेज गरिदिएपछि भने पुनः विवाद सुरु भएको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गरी बुटवलको तिनाउ नदीमा झार्ने सरकारको योजना छ ।

रिटमा नेपालको सभ्यता र संस्कृतिसँग जोडिएको गण्डकी नदीको अस्तित्वसमाप्त पार्ने गरी कालीगण्डकीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयले सनातन हिन्दूहरूको आस्थामाथि प्रहार भएको दाबी गरिएको थियो । सर्वोच्चले रिट खारेज गरेपनि यस भेगका स्थानीय सरकार भने आयोजनाअघि बढाउन नदिनेमा प्रतिबद्ध छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार