श्रावण ३, २०८२ शनिबार July 19, 2025

सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् स्वयंसेवक तालिम

जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, २६ जेठ । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नंबर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सुचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरेको छ । गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ ।

मङ्गलबारसम्म सञ्चालन गरिने तालिममा विपद् पूर्व तयारी, विपद्–उद्धार त्यसपश्चातका प्रतिकार्य राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको जनाइएको छ । नगरप्रमुख शान्तिरत्न शाक्यले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपद्पछिका अवस्था, विपद आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताउनुभयो ।

गणले यही जेठ १२ गते पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त तालिम दिएर अभियानको सुरुआत गरेको थियो । गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार