श्रावण ४, २०८२ आइतबार July 20, 2025

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)

बसचालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ पौवास्थित यात्रुबाहक बस दुर्घटना भएको छ ।

शनिबार दिउँसो रामेछापको डोरखानीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा भएको हो ।दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।

यात्रुवाहक बस ब्रेक फेल हुँदा सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल हुँदा बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भएको छ । घाइते १० जना रामेछापको र १३ जना काभ्रेको चौरिदेउराली गाउँपालिकाका रहेको बताइएको छ ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बसचालक भने प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नामावलीः

१) रामेछापको दोरम्बा गाउँपालिका–२ का ४६ वर्षीय भिम बहादुर मगर । (मुख र घुँडामा चोट, अवस्था मध्यम)

२) रामेछापको दोरम्बा गाउँपालिका–७ का ४४ वर्षीय नम्बर सिंह तामाङ । (मुख र घाँटीमा चोट, अवस्था मध्यम)

३) रामेछापको दोरम्बा गाउँपालिका–४ का ४६ वर्षीया फुल माया तामाङ । (टाउकोमा चोट, अवस्था मध्यम)

४) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का अन्दाजी ३० वर्षीया राम बहादुर चापागाईं (कम्मरमा भित्रि चोट, अवस्था मध्यम)

५) काभ्रेको चौरिदेउराली गाउँपालिका– ५ का अन्दाजी ४५ वर्षीय मिन बहादुर वि.क । (दाहिने आँखा र देब्रे कुममा चोट, अवस्था मध्यम)

६) रामेछापको दोरम्बा गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय भुवन थापा मगर । (ओठमा चोट, सामान्य)

७) गोरखाको अजिरकोट गाउँपालिका– ४ का अन्दाजी ३५ वर्षीय कमल सुनार । (च्यापुमा चोट, मध्यम)

८) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का २६ वर्षीय सुवास तामाङ । (च्यापुमा चोट, मध्यम)

९) काभ्रेको चौरिदेउराली गाउँपालिका–५ का ४४ वर्षीया निर्मला खत्री । (देब्रे हातमा चोट, सामान्य)

१०) काभ्रेको चौरिदेउराली गाउँपालिका–९ का अन्दाजी २१ वर्षीय सरोज रसाईली । (देब्रे हातमा चोट, सामान्य)

११) काभ्रेको चौरिदेउराली गाउँपालिका–२ का २६ वर्षीय राम गौतम (छाति र गालामा चोट, मध्यम)

१२) काभ्रेको चौरिदेउराली गाउँपालिका–४ का २१ वर्षीय सरोज विक । (टाउको र देब्रे खुट्टामा चोट मध्यम)

१३) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का ७८ वर्षीय दोर्जे लामा (छातीमा भित्री चोट, मध्यम)

१४) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का १७ वर्षीय प्रकाश गौतम (छातीमा चोट, सामान्य)

१५) रामेछापको दोरम्बा गाउँपालिका–७ का ५९ वर्षीय असलमान तामाङ (कोखा दुखेको, सामान्य)

१६) रामेछापको दोरम्बा गाउँपालिका–७ का ६४ वर्षीय सुकलाल लामा (छाति दाहिने घोडामा चोट, मध्यम)

१७) रामेछापको दोरम्बा गाउँपालिका–७ का ४५ वर्षीय शेर बहादुर तामाङ (कोखामा दुखाई, सामान्य)

१८) रामेछापको दोरम्बा गाउँपालिका–४ का ५९ वर्षीय ४० वर्षीय तारा बहादुर श्रेष्ठ (मुखमा चोट सामान्य)

१९) रामेछापको दोरम्बा गाउँपालिका–७ की १५ वर्षीया दिव्या थापा मगर (दाँतमा चोट, सामान्य)

२०) रामेछापको दोरम्बा गाउँपालिका–४ ५१ वर्षीय चेत बहादुर श्रेष्ठ (कम्मरमा भित्री दुखाई, मध्यम)

२१) काभ्रेको चौरी देउराली गाउँपालिका–३ का ५८ वर्षीया माईली तामाङ (छातीमा भित्री चोट, सामान्य)

२२) काभ्रेको चौरी देउराली गाउँपालिका–५ की ६४ वर्षीया मैया बुढाथोकी (टाउको दाहिने हातमा चोट, मध्यम)

२३) काभ्रेको चौरी देउराली गाउँपालिका–५ का ४१ वर्षीय जनक रिजाल (कम्मरमा भित्री दुखाई, मध्यम)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया