श्रावण ४, २०८२ आइतबार July 20, 2025

पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई

विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ताको जिम्मा महराले पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिनुभएको छ । अध्यक्ष प्रचण्डले महरालाई केही समयअघि आफ्नै निवास खुमलटार बोलाएर विचार मिल्ने पार्टीसँग एकताका लागि संवाद थाल्न आग्रह गर्नुभएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष महराले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी, धमेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दलसँग संवाद थाल्न निर्देशन आएको जानकारी दिनुभयो ।

अहिलेसम्म यादव नेतृत्वको नेसपाले मात्रै माओवादीको महाधिवेशनसम्ममा एकता गर्ने समझदारी गरेको छ । पहिलो चरणमा पूर्वमाओवादी घटकसँग एकता गर्न संवाद र छलफल गर्ने नेताहरूले बताएका छन् ।

त्यसपछि मात्रै समाजवादी मोर्चामा आबद्ध रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत दलसँग सहकार्यका विषयमा छलफल हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग तत्काल एकता गर्ने अवस्था नरहेको प्रचण्डले यसअघि नै प्रस्ट पारिसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार