काठमाडौं, ४ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रवेश गरेकी छिन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता तय भए पछि उनी एमाले केन्द्रिय कार्यालयमा प्रवेश गरेकी हुन् ।
केही बेरमा प्रधानमन्त्री ओली पनि त्यहीँ पुग्दैछन् ।
पुर्व राष्ट्रपतिको हैसियतमा पाउने सुरक्षाबाहेक अन्य सबै सेवा सुबिधा त्याग गरेर एमालेको भावी नेतृत्वका लागि गृह कार्य गरिरहेकी भण्डारीले पार्टी सदस्यता नविकरणसमेत गरेकी छिन् ।
तर, हिजो सम्पन्न बैठकले उनको सदस्यता पेन्डिङमा राखेको जनाए लगत्तै उनी च्यासलस्थित एमाले कार्यालय पुगेकी हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया