श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रचण्ड-नेपाल समुहको समानान्तर भेला थापाथलीमा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहले राजधानीमा समानान्तर भेलाको आयोजना गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुको भेला आज शुक्रबार काठमाडौं स्थित थापाथलीमा शुक्रबार दिउसो १ बजेदेखी सुरु भएको हो।

ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंको मदन भण्डारी कलेजमा आफू पक्षको भेला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले शुक्रवार भेला राखेको विद्यार्थी नेता विजय गौतमले बताएका छन् ।

काठमाडौंको थापाथली क्याम्पसमा सुरु भएको भेलामा पार्टीको वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया