श्रावण ३, २०८२ शनिबार July 19, 2025

विपीको मेलमिलापको सिद्धान्त आजको आवश्यकता: सभापति देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनाधिकारको रक्षा नै मेलमिलाप नीति अहिलेको सान्दर्भिकता रहेको बताएका छन् ।

पुस १६ गते विहिवार वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नु भएको अवसरमा सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।

देश यतिबेला गम्भिर मोडमा पुगेको स्मरण गर्दै देउवाले ‘प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौँ । यसका विरुद्ध देशव्यापी प्रदर्शन गरेका छौँ,’ देउवाले भने, ‘काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धनका लागि नेपाली काँग्रेस एक छ । आजको हाम्रो मुल अभिभारा यहि हो ।’

हिमाल, पहाड र तराई–मधेस बीच मेलमिलापको मुल माध्यम लोकतान्त्रिक संविधान नै भएको उनको जिकिर गरेका उनले वीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै देउवाले मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता, जनताको अधिकार र लोकतन्त्र रहेको र आज पनि त्यही नै आफ्नो साझा र मुल बाटो भएको बताए ।

सभापति देउवाले  ०४६ सालको परिवर्तन ‘वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएकोबताए । जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा ०४६ सालको परिवर्तन भएको थियो,’ उनले भने ।

‘मेलमिलापको नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोज्यो, तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो,’ उनको जिकिर थियो । वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको स्मरण  समेत गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार