श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रदेश १ संसदीय दलको नेतामा भिम आचार्य चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

नेकपाको प्रचण्ड माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

प्रदेश १ को बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको प्रदेश सांसद राजेन्द्र राइले जानकारी दिए । नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया