श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रतिनिधीसभा विघटन हुँदा प्रदेश र स्थानिय सरकारलाई असर पुग्यो : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताउनुभएको छ ।

स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताउनुभयो ।

“जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उहाँले भन्नुभयो । वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उहाँले लगाउनुभयोे ।

विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताउनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले स्थानीय तहले विकासनिर्माणमा राम्रो फड्को मारेको विचार उहाँले व्यक्त गर्नुभयो ।

वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामालगायतले गोकर्णेश्वरको विकासका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गर्नुभएको थियो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार