श्रावण ३, २०८२ शनिबार July 19, 2025

निर्वाचन तोकिएको समयमा हुन्छ : पुर्वमन्त्री बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कााठमाण्डौं: पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गर्नुभएको छ ।

उहाँले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताउनुभयो ।

“निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ”, बाँस्कोटाले भन्नुभयो, “हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।” उहाँले संविधानको धारा–८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।” उहाँले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताउनुभयो । “फियरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ”, उहाँले भन्नुभयो, “नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।” हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्लाबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १२ र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत १५ जनालाई सम्मान गरिएको थियो । सो अवसरमा नेकपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा केन्द्रीय सदस्य एवं जिल्लाध्यक्ष अशोक ब्याञ्जू, नेकपा केन्द्रीय सदस्य रीता ढकाल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाईंलगायतले मनोनीत नेतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार