काठमाडौं: संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ ।
आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य जीवन बहादुर शाहीले धारणा राखेका थिए ।
उक्त्त बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा द्रोस्रो चरणको आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको हो ।
दिउँसो १ बजेलाई बोलाइए पनि दिउँसो तीन बजेबाट सुरु भएको बैठकले द्रोस्रो चरणको आन्दोलन गर्ने सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका र उक्त सहमति सर्वसम्मतिले पारित भएको एक नेताले जानकारी दिएका छन ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको उनले बताए ।
कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रमहरुलाई कडा रुपले अगाडी बढाउन समेत निर्देशन दिएको छ । त्यस्तै बैठकमा यसअघि मंसिर मसान्तलाई तोकिएको क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरि महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया