काठमाण्डौं: नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीको पछिल्लो कदम पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तो भएको र उनि ज्ञानेन्द्र पथमा लागेको बताएका छन् ।
मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए । ‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, भट्टराईले कटाक्ष गर्दै भने ।
प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरुलाई ओलीले नेतृत्व गरेको उनले बताए । ‘संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं’, हामी कुनैपनि हालतमा ओलीको कदमको विरोध गरेर देशलाई ठुलो दुर्घटनाबाट जोगाउँछौं भट्टराईले भने ।
ओली अब प्रेस, नागरिक अगुवा र बुद्धिजिवीहरु विरुद्ध कडा रुपले उभिने भट्टराईले आशंका गरे । तर, संविधान र मुलुक जोगाउन संयुक्त मोर्चा बनेर संघर्ष हुने उनले बताए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग चाँडै मोर्चा बन्ने र कडा भन्दा कडा प्रतिकार गर्ने भट्टराईले विश्वास व्यक्त गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया